gazalkaar: shishir Bhattarai
म नेपालभन्दै सँधै गीत गाऊँ,
यही स्वर्ग मेरो यहीँ मर्न पाऊँ ।
गए प्राण जाओस्, छँदै छैन चिन्ता,
युगौँसम्म टिक्ने सिमाना बनाऊँ ।
सके बाँढ्न पाऊँ, नमागूँ कसैको,
खनी खेत बारी म बाला झुलाऊँ ।
तिमी छौ र साथी छ यो जिन्दगानी,
भुली साथ तिम्रो म टाढा नजाऊँ ।
बनूँ यो धराको म सन्तान सच्चा
हसाई धरा यो म आफैँ रमाऊँ ।