Duration 1:21

Darjeeling NEWS@दिल्ली गोर्खा मदर्स वेलफेर सोसाइटीले 207 औं भानु जयन्ती अनलाइन पालन

353 watched
0
6
Published 16 Jul 2021

दिल्ली गोर्खा मदर्स वेलफेर सोसाइटीले 207 औं भानु जयन्ती अनलाइन अनि साधारणरुपमा शुक्रबार पालन गरेको छ। सोसाइटीकी अध्यक्षा अनु शिल्पकारद्वारा अध्यक्षता गरिएको कार्यक्रममा बयोवृद्ध समाजसेवी आशा मटिल्डा गुरूङ अतिथिको रुपमा उपस्थित थिइन्। सोसाइटीका संस्थापिका प्याट्रिशिया निकोलसद्वारा सञ्चालित कार्यक्रममा पदाधिकारीहरू कविता गुरूङ, सुनिता राई, अनि रोशनी कालिकोटेद्वारा आदिकवि भानुको फोटोअघि दीप उज्जवलन गरे अनि फूलमाला चढ़ाए। यस उपलक्ष्यमा प्याट्रिशिया निकोलस, बिकी मगर, कविता गुरूङ अनि रोशनी गदालद्वारा रामायण पाठ गरियो। यसरी नै यसरी नै कुसुम मगरले कविता भनिन्। गायिका रीता मंग्रातीले गीत सुनाएर कार्यक्रमलाई स्मरणीय बनाएकी थिइन्। यो कार्यक्रमलाई सफल पार्न नोमी खाती, सतिमा राई लोहोरूङ, सबिता राई, लिला शंकर, पुष्प सिंह, अमृता लेप्चा, इन्द्रमाया गदाल, खुशी रसाइलीको विशेष सहभागिता रहेको जानकारी सोसाइटीकी सञ्चार सचिव सुनिता राईले दिएकी छिन्। Face book Page: www.facebook.com/HimaliChannelDarjeeling https://www.facebook.com/zafar.akil.9/ Website Page: http://www.himalichanneldarjeeling.in Instagram: https://www.instagram.com/himali_channel520

Category

Show more

Comments - 0