Duration 19:3

मृतकका नाममा रोपिने बिरुवा।।भाग-१।। Plantation on the name of belated persons. Episode-1

3 168 watched
0
57
Published 9 Nov 2021

A custom of taken to Bisauna(a place to gather dead souls of ancestors). In the magar community, It is customary to taken Bisauna after few years of death.If they had not taken to Bisauna, it is believed that, deceased soul can’t Rest In Peace and be harmful for the family. So, as soo as possible, they had taken them to Bisauna and give a name “Pitri”(kul). Each siblings have their own place of Bisauna to worship every year as a “kul puja”. The names, dates of birth and death of the deceased are inscribed on the stone at a “Bisauna”. which is called “Likhini”. It is customary to add a Likhini of new deceased persons at the bisauna. On this day, they plant a new plant named “lakuri” in his name and keep a lakuri on the new bisauna and prepare foods and drinks for relatives. मरेको मान्छेलाई जैसिले मन्त्र गरी बोलाउदा राखिएको खाने कुराहरु आएर खान्छ भन्ने विश्वास। बिसाउना लग्ने चलन अर्थात मरिसकेको मान्छेहरुलाई जम्मा गर्ने ठाउँ ! मगर समुदायमा मृत्यु भएको केहि बर्षपछि बिसाउना लग्ने चलन छ । बिसाउना लगेन भने, मृत आत्माले सान्ति नपाउने र घरमा घुमीरहने अनि परिवारमा चोटपटक लगाउने बिश्वास छ । जब, बिसाउना लगिन्छ । तब, उसलाई पित्र(पितृ) नाम दिन्छ । हरेक भाईभाईमा आ-आफ्नै बिसाउना अर्थात पित्र(पितृ)पुजा अथवा कुल पुजा गर्ने ठाउँ हुन्छ । बिसाउना अर्थात मृत्यु भएको आत्माहरुलाई जम्मा गर्ने ठाउँमा मृत्यु भएका मान्छेहरुको नाम, जन्म र मृत्यु मिति ढुङगामा लेखेर राखिएको हुन्छ । जसलाई लिखिनी भनिन्न्छ । नयाँ पित्र(पितृ) अर्थात नयाँ मृत्यु भएको मान्छेको नाम, जन्म र मृत्यु मिति लेखेर पहिलेको जस्तैगरी बिसाउना लग्ने चलन छ । बिसाउना अर्थात त्यो ठाउँमा लगेर पुजा गर्ने, उसको नाममा (लाँकुरी) नामक नयाँ बिरुवा रोप्ने, नयाँ बिसाउना थप्ने अर्थात बनाउने, रजस्वला नभएका कन्याहरु राखेर मिठो मीठो परिकारहरु खुवाउने, रजस्वला भएका अनि बिबाह गरेका चेलीहरु र भान्जाहरु मिलेर माइतीहरुको लागी खान पिन तयार गर्ने र रमाइलो गर्ने अनि माइतीहरुले भान्जा र चेलीहरुलाई दक्षिणा गर्ने चलन छ । सोही दिनको कामहरु सबै भान्जा अनि चेलीहरुले गर्नुपर्ने हुन्छ । पुजाको भेलामा भान्जाहरुले माइती अर्थात घर परिवार संग सोही दिन नै कन्या अर्थात बुहारी माग्ने चलन पनि छ । त्यो दिन मागेको बुहारी ! माइतीहरुले पनि दिनै पर्ने हुन्छ । माइतीले नाई नास्ती गर्न मिल्दैन । नाईनास्ती गरेमा पित्र(पितृ)हरु रिसाउने चलन छ । सोही दिन देखी घरको चेली भान्जाहरुको हक लाग्छ । उमेर नपुग्दासम्म भान्जाले पनि माइतीहरुको सेवा गरिरहनुपर्छ । उमेर पुगेपछि भान्जाहरु सगुन लगेर माइती कहाँ जान्छ्न । बिबाह गर्ने दिन पक्का गर्छन । उमेर पुगेको चेलीले भान्जा मन नपराई अन्त बिबाह गर्‍यो भने, माइती पक्षले भान्जाहरु संग माफी माग्ने चलन छ । बिसाउना अर्थात पित्र(पितृ) बस्ने ठाउँमा हरेक बर्ष कुल पुजा गर्ने चलन पनि छ । हरेक चाड पर्वमा बिसाउना पुगेर रक्सी चडाउने चलन छ । कतै रक्सी बोकेर गयो भने, सक फाल्ने चलन पनि छ । यदि रक्सी चडाउन बिर्सिए पित्र(पितृ)हरु रिसाउने बिश्वास छ ।

Category

Show more

Comments - 12